काठमाडौं : भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गरेका छन्। बुधबार ट्विटरमार्फत प्रधानमन्त्री मोदीले सीताको निधनमा दुःख व्यक्त गरेका हुन्।
‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चीरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु,’ उनले भनेका छन्।
बुधबार बिहान ८ः३३ मा नर्भिक अस्पतालमा सीताको निधन भएको हो। उनको आजै अन्त्येष्टि गरिने भएको छ।
श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।





