बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
मन्त्रिरिषद् स्रोतका अनुसार एकै चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय भएको हो। ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।
यसअघि जेठ ४ मा स्थानीय निकाय निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग जानकारी लिएका थिए।
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।





