काठमाडौं, वैशाख १९ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६८ वटा संस्थाले २० हजार पर्यवेक्षक खटाउने जिम्मा पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अनुमानित संख्या पेश गर्न भनेकोमा अहिलेसम्मको विवरणअनुसार पर्यवेक्षकको संख्या २० हजार पुगेको निर्वाचन वैदेशिक शाखाका उपसचिव कमल भट्टराईले बताए । उहाँका अनुसार अहिलेसम्मको विवरणमा पर्यवेक्षकको संख्या २० हजार पुगेको हो । साे संख्यामा पर्यवेक्षक खटाउने प्रस्ताव गरिएकोमा अहिलेसम्म पनि पर्यवेक्षकको विवरण आउने क्रम जारी रहेकाले अहिले नै पर्यवेक्षकको कूल विवरण आइनसकेको हो ।





