काठमाडौं, फागुन १ गते।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणबाट ५२१ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार २४ घण्टामा तीन हजार ९३५ जना डिस्चार्ज हुँदा कोरोनाले १० जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ।





