काठमाडौं, वैशाख ८ गते । निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र ६७६ निर्वाचन अधिकृतहरूका लागि सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।





