प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनाउने भए आफूले सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै वैकल्पिक सरकार बनेमा रचनात्मक सहयोग गर्ने भएन भने मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन दलहरुलाई आह्वान गरेका छन् ।
उनले कोभिड–१९ विरुद्ध लड्न सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन सक्ने भए पनि आफू तयार रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको स्पष्ट पारेका छन्।





