१४ जेठ, काठमाडौं । सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा आज हेरिँदैछ ।
संवैधानिक इजलासमा रहने न्यायाधीशको छनोट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गर्नेछन् । संवैधानिक इजलासमा को–को रहन्छन् भन्ने चासो छ ।
आजको इजलासको फैसला के हुन्छ भन्ने आमचासो छ । गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।





