रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् । मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् ।
घाइतेकाे उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।





