काठमाडौं प्रहरीले ग्रिनलाइन सेन्टरका मालिक अमित अग्रवाल पक्राउ गरेको छ । प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । लेनदेनसम्बन्धि उजुरीमा उनी पक्राउ परेका हुन् । व्यक्तिगत रुपमा अग्रवालले करोडौं ऋण लिएका थिए ।
केही प्रहरीको समेत पैसा उनले मिटरब्याजमा चलाएको स्रोत बताउँछ । चार वटा बैंकमा उनको करिब एक अर्ब रुपैयाँ ऋण छ ।





