काठमाडौं, फागुन २० गते । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरेको जानकारी दिए ।
उनका अनुसार उक्त प्रत्यारोपण ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधिको प्रयोग गरेर गरीएको हो ।
८० वर्षीया महिलाको १६ फागुनमा सफलतापूर्वक भल्ब फेरिएको र उहाँको आजनै डिस्चार्ज गरेको डा अधिकारीले जानकारी दिए ।
‘हामीले नेपालमै पहिलो पटक यो विधिबाट मुटुको सफलतापूर्वक भल्ब प्रत्यारोपण गरेका छौं,’ डा. अधिकारीले भने, ‘बिरामी निको भएर आज मात्रै डिस्चार्ज हुनु भएको छ ।’
डा अधिकारीका अनुसार उहाँ एओर्टिक भल्व साँधुरिएर अस्पतालमा पुगेकी थिइन् ।





