बाँकेको मान खोलामा शनिबार एक बालिका मृत अवस्थामा भेटिएकी छन् । बैजनाथ गाउँपालिका-२ गर्जेटोल बस्ने भक्त बहादुर रानाकी छोरी ५ वर्षीया सपना राना सोही ठाउँस्थित मान खोलामा शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।
दिउँसोदेखि घरबाट हराएकी उनको खोजी गर्नेक्रममा उक्त खोलामा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।





