युक्रेनी गल्लीहरुमा रगतको आहाल छ ।
तर साम्राज्यवादीहरु युद्ध ब्यापारमा मस्त छ । १ ।
पूँजीवादी हिमायतीको ग्राण्डडिजाइन धुमिल छ ।
युक्रेनीहरु साम्राज्यवादीको दास बनाइएको छ ।२।
युक्रेनीहरुको शान्ति, स्वतन्त्रता, रोजगारी गुमेको छ ।
विश्व अर्थतन्त्र समेत डामाडोल अवस्थामा छ ।३।
संयुक्त राष्ट्रसंघले शान्तिको ध्वाँस दिइरहेको छ ।

तर, ऊ पश्चिमा स्वार्थको औजार बनेको छ ।४।
पश्चिमाहरुको ताण्डवलाई रोक्न पुटिनको रणनीति बलवान छ ।
तर, निर्दोष युक्रेनीमाथि दमन अनावश्यक छ ।५।
विश्वले दुई ठूला युद्ध भोगिसकेको छ ।
अब तेस्रो विश्व युद्धको त्रास उत्कर्षमा छ ।६।
नन्दलाल खरेल





