मिति २०८१/६/९
चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार डा. बम बहादुर थापा जिताली ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै जितालीले साहित्यको सेवा गरेर चन्द्रागिरिले १८५ औं श्रृङ्खला सम्म पुर्याएकोमा खुसी व्यक्त गर्नु हुँदै खोरिया लोक छन्द सबैको जन जिब्रोमा टाँयिएको छ ।आजको कार्यक्रम अत्यन्त सफल छ भन्नु भयो वाचित कविताको संक्षिप्त टिप्पणी गर्नु भई राजनीति फाँटतिर धेरै राजा पाएँ भन्ने व्यङ्ग्य भावको रचना सुनाउनु भयो ।
कलानिधि दाहाल,जगदीश्वर पोखरेलले साहित्यको सेवामा चसाप्रनेको १८५ औं श्रृङ्खला सम्मको योगदानको प्रशंसा गर्दै शुभकामना दिनु भई आफ्नो रचना सुनाउनु भयो ।
कवि उत्तम भेटवाल र जगदीश्वर पोखरेलको सफल उद्धघोषणमा अनि सरला थापाको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु उत्तम भेटवाल,भगवति दवाडी,सरला थापा चन्द्रावती अधिकारी,शुशीला ढकाल,लक्ष्मी प्रसाद मिश्र,तिला लेकाली,तारा घिमिरे,,लगायत १२ जना साहित्यकारहरुले कविता,खोरिया,गजल आदि वाचन गरिएको थियो ।
खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया अक्षर गणना ८/८/८/५ २९ अक्षरमा लेखिन्छ भने यो गद्य कविताको स्वरुप हो तर ३/२/३,३/२/३,३/२/३ को सूत्रमा लेख्यो भने यो खोरिया लोक छन्द हुन्छ भन्नु भयो । २९ अक्षरको खोरिया आफैमा पूर्ण हो तर शीर्षक दिएर धेरै खोरिया लामो कविता जस्तै पनि लेख्न सकिन्छ भन्दै खोरिया सुनाउदै यहाहरुले समय दिएर कार्यक्रममा सहभागी भएकोले नै हामी आयोजकले कार्यक्रमलाई निरन्तरता दिन सकेको हो भन्नु हुँदै प्रमुख अतिथि जिताली लगायत सम्पूर्ण उपस्थित साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई कार्यक्रम समापनको घोषणा गर्नु भयो ।





