प्रा. शत्रुघन श्रेष्ठ
कोहि पनि मान्छे जन्मीनासाथ सुपरिचित हुँदैन, हुर्काइ सँगै उसले गर्ने कर्मले मान्छेको पहिचान स्थापित गर्दै लैजान्छ । निरन्तरता र लगनशिलताले नै मान्छेको भविष्य निर्धारण गर्छ भने जस्तै कंपनीहरुमा पनि संचालकहरुको लगनसिलता र कर्मचारीको मेहनले भाग्य र भविष्य निर्धारण हुन्छ ।
वि.सं. २०६० को दशकमा सूदूरपश्चििमको दार्चुलामा नेपाल विद्युत प्राधिकरणले बनाउने भनिएको चमेलिया जलविद्युत आयोजनाको खुबै चर्चा थियो ।
सो आयोजना निर्माण गर्ने भनिएको वषौं भइसकेको भएपनि ठोस प्रगति हुन सकेको थिएन ।
सुदूरश्चििम बासिमा यो आयोजना कहिल्यै पनि नबन्ने हो कि भन्ने निराशा थियो । यस्तो अवस्थामा अपि हिमाल जस्तै अटल र उच्चअठोतका साथ अपि पावर कं.लि. दार्चुला जिल्ला भई बहने नौं गढगाढ नदिको पानी उपयोग गरि ८.५० मे.वा.क्षेमताको नौ गढगाढ जलविद्युत आयोजना बनाउन कम्मरकसेर लाग्यो ।उत्पादन अनुमति पाएको मितिबाट दुई वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने कं.को लक्षय थियो । जिल्लामै नेपाल विद्युत प्राधिकरणको चमेलिया आयोजनाबन्न थालेको वषौं हुँदापनि आयोजना सम्पन्न नभएको अवस्थामा दुई वर्षमा हाइड्रोबन्नेमा आम जिल्ला बासिहरु संशकित थिए ।सर्व साधारणले मात्र होइन यहि क्षेत्रका जानकारहरुले समेत दुई वर्षमा जलविद्युत आयोजना बनाउछु भनेकोमा अपि पावरलाई गिज्याएको हिजो जस्तो लाग्छ । कं.का कार्यकारी निर्देशक सञ्जीव न्यौपाने भन्छन । तर अपी पावर सँग अपी हिमालको जस्तो मनोबल उच्च थियो । नेतृत्वको प्रस्टदिशानिर्दैश आयोजनामा संलग्न जनसक्तिको मेहनत र लगनतथा स्थानियवासिको साथ र सहयोगले अपि पावरले सो आयोजना १७ महिनामा नै निर्माण सम्पन्न गरेर सबैलाई चकित पारिदियो । यति सम्मकी नेपाल विद्युत प्राधिकरणले अपीले यो परियोजना सुरु गर्नुभन्दा अगाडि काम थालेको आफ्नो आयोजनाको निर्माणका क्रममा समेत यस अयोजनाको विजुली प्रयोग गरेको थियो । यस आयोजनाले २०७२ साल भाद्र २ गतेबाट व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ । सुदूरपश्चििम क्षेत्रका नै प्रथम आयोजना हो ।

सुदूरपश्चिमलाई लोडसेडिङ मुक्त बनाउन यस आयोजनाको ठूलो भूमिका रहेको छ ।
क्ं. ले दोस्रो जलविद्युत आयोजनाको रुपमा ८ मे.वा.क्षेमताको अपर नौगढगाढ जल विद्युत आयोजना पनि यसै नदिमा प्रथम आयोजना भन्दा करिब ५ कि.मि. माथि बाँध निर्माण गरि कार्य सम्पन्न गरेको छ । यस आयोजनाले वि.सं.२०७६ साल कात्तिक १३ गतेबाट व्यवसायिक उत्पादन गरि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । यसरी सुरु भएको अपी पावरको यात्रा अहिले थप उचाईमा पुग्दै छ । सुदूरपश्चिमबाट सुरु भएको अपी पावरको यात्रा अहिले पूर्व सम्मनै पुगिसकेको छ । विद्युत आयोजनाहरु विकास गर्ने भनेर विं.सं.२०६० असार ५ गते स्थापना भएको अपी पावर प्रा.लि. कं. मा व्यापक जनसहभागिता गराउने उद्देश्यले वि.सं.२०७० साउन ६ गते देखी पव्लिक कं. को रुपमा परिणत गरि कार्य गरिरहेको छ । यस कं. मा हाल डेढ लाख शेयर धनीहरु रहेका छन् ।
नेपालमा रहेका कूल डिम्याट खाता मध्ये २ देखि ३ प्रतिशत सम्म खातामा अपी पावरको शेयर रहेको छ । सुरुमा कं. मा १०० कित्ता शेयर हुने शेयर धनीहरुको शेयर अहिले बढेर ४०० कित्ता पुगेको छ । कं. ले मुनाफालाई बोनस शेयरको रुपमा लगानी कर्तालाई वितरण गर्ने निति लिएको छ । मुनाफा भएको रकमले अन्य नयाँ नयाँ आयोजनाहरुमा निर्माण गर्ने गरेको छ । साथै समय समयमा आवश्यकता अनुसार हकप्रद मार्फत पनि रकम जुटाउदै आएको छ । यसै नितीको कारण ८.५ मे.वा. को जलविद्युत आयोजना बनाएर उदाएको यस कं. हालको अवस्थामा ६२.५० मे.वा. क्षेमताको विद्युत उत्पादन गर्ने कं. भएको छ । १०० करोड चुक्ता पुँजीबाट शुरुभएको कं.को हालको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख भइसकेको छ ।
अहिले कम्पनीले हाइड्रो मात्र नभई सोलर आयोजनाबाट पनि विद्युत उत्पादन गरि देशको कुल उर्जा उत्पादनमा ठूलो योगदान पुराईरहेको छ । हाल कं. ले ३ वटा सोलार आयोजना निर्माण गरि कं. ले देशै भरिनै आफ्नो शश्क्त उपस्थित देखाएको छ ।
जलविद्युत आयोजना ३० वर्ष पछि सरकारीकरण हुने भएकोले कं. ले एउटा आयोजना सरकारीकरण भएपछि त्यसले कं.को आम्दानी नगुमोस भनेर केहि वर्षको अन्तरालमा नयाँ नयाँ आयोजना निर्माण गरिरहेको छ ।
साथै सरकारीकरण नहुने सोलार आयोजना, कृषी उत्पादन, हाउजिङ् निर्माण, लगायतका क्षेत्रमा लगानी गरिरहेको छ । एउटा अम्ब्रेला अर्गनाइजेशनको रुपमा रहेको अपी पावरले जलविद्युत र सोलार वाहेक अन्य थुप्रै क्षेत्रमा लगानी गरि लागनीलाई विविधी करण गरिरहेको छ ।
अब कं. ले नविनतम हाइड्रोजन उर्जा उत्पादनको लक्ष्य लिएको छ भने थप लगानी विविधीकरणका लागि पानी उत्पादन गर्ने र अपार्टमेन्टमा समेत निर्माणको तयारी गरिरहेको छ । यसरी कं. दु्रतगतिमा दिगो ‘ग्रोथ’ गर्दै एउटा अब्बल र उत्कृष्ट कं. को रुपमा स्थापित भएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को खुद मुनाफाबाट कं.ले आफ्ना शेयर धनीलाई हाल कायम चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाखको ५ प्रतिशत बोनस शेयर र बोनस मा लाग्ने कर बापत ०.२६३२ प्रतिशत नगद लाभांस दिन सफल भएको छ । यस भन्दा अगाडि घोषित बोनस ९ प्रतिशत बोनसलाई विद्युत नियमन आयोगबाट संसोधन गरि ४.२५ प्रतिशत बोनस कं. को जगेडाकोषमा तथा प्रमियमको रुपमा सुरक्षित राखिएको छ, यसबाट हामीले के बुझुनु पर्छ भने कं. एकदमै उत्कृष्ट, सबल, सक्षम कं. हो । भनेर बुझुनु पर्दछ । जगेडाकोषमा भएको ४.२५ प्रतिशत बोनस पनि शेयर धनीहरुकै खल्तीमा भएको सरहनै हो । कहिँ जादैन खाली खर्च मात्र गर्न नपाएको हो ।
अपी पावर कं.को इतिहासको लाभांस विवरण यसप्रकारको छ ः–
आ.व. चुत्तापुँजी (रु करोड) लाभाँस (हकप्रद) कैफीयत
२०७२÷७३ १००.०० ५% बोनस शेयर
२०७३÷७४ १०५.०० ८% बोनस शेयर
२०७४÷७५ ११३.४ ५% बोनस शेयर
२०७५÷७६ ११९.७ ५% बोनस शेयर
२०७६÷७७ १२५.०२३५ ९% बोनस शेयर
२०७७÷७८ १३६.२७५६ ५६.७ करोड हकप्रद शेयर
२०७७÷७८ १९२.९७५ ५६.७ करोड हकप्रद शेयर
२०७७÷७८ २४९.६७५ १०.५% बोनस शेयर
२०७८÷७९ २७५.८९१ १०८.६ करोड हकप्रद शेयर
२०७८÷७९ ३८४.४९ ७.५% बोनस शेयर
२०७९÷८० ४१३.३३ करोड १६५.३३ करोड हकप्रद शेयर
२०८०÷८१ ५७८.६५ करोड ५% बोनस शेयर
लेखक श्रेष्ठ अपी पावरका पुरानो शेयरधनी हुन ।





