भक्तपुर / गठ्ठाघर चारदोवाटोस्थित मेलन मन्टेश्वरी प्रि स्कुलको वार्षिकोत्सब तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षासेवी मदनकृष्ण श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा वालवालिकाको प्रतिभा प्रदर्शन तथा प्रस्तुतिहरु रहेको थियो ।

स्कुलको वार्षिकोत्सब तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको आसनबाट कार्यक्रम उद्घाटन गर्नुहूंदै बागमती प्रदेशका संसद डा.राजेन्र्दमान श्रेष्ठले देशमा असल विद्यालयको खांचो रहेको र सो भूमिका तर्फ मेलन मन्टेश्वरीको ध्यान पुग्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । ” हिजोका शिक्षा पद्धति र आजको शैक्षिक प्रणालीमा आधारभूत रुपमा परिवर्तन आएको छ ।” उहाँले भन्नुभयो,”नीजि विद्यालयहरुले व्यापारिक होईन, नयाँ चुनौतीको सामना गर्नसक्ने जनशक्ति तयार गर्नसक्नु पर्दछ ।”

कोरना महामारीका बीच खोलिएको उक्त स्कुल हाल संचालनमा आएकोले अब सचेत अभिभावकहरुले आफ्ना वालवालिकालाई सरल र सुविधासाथ गुणस्तरीय पढाईको लागि अन्यत्र धाउनु नपर्ने प्रिन्सिपल भुवनेश्वरी श्रेष्ठले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा समाजसेवी प्रवीण जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।





