बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गरिएको छ ।
अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडी थिए । उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् ।
पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।





