मंगलबार बेलुकी टेम्पोको ठक्करबाट बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिलादेवी रहेकी छन् ।
सडक पार गर्दै गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो ।
टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।





