काठमाडाैं प्रहरीले चोरिएका मूर्तिसहित दुईजनालाई पक्राउ गरेको छ। काठमाडौँको नागार्जुन नगरपालिका-७ इन्द्रायणी मन्दिरबाट सोमबार बिहान भएका मूर्तिसहित दुईजना पक्राउ परेका हुन्।
धादिङ धुनीवेशी नगरपालिका-४ का ५६ वर्षीय कान्छा मगर र हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी खड्का गाउँ बस्दै आएका सिन्धुलीको दुधौली नगरपालिका-४ डाँका बजारका ३० वर्षीय उमेश खड्कालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले चोरीका मूर्तिसहतिका सामानका साथमा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट अर्ग १ थान, तामाको कलश ३ थान,पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, सिल्भरको शिवलिङ्ग २ थान , पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान बरामद गरिएको छ ।
जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





