– नन्दलाल खरेल
चरम उपभोक्तावादको दलदलमा भासिएको नेपाली समाज
यहाँ फेसनका नयाँ नयाँआइटम विक्छ
यहाँ युवतीका पिडौलार स्तन बिक्छ
यहाँ यौन क्रियाका विषय बिक्छ
यहाँगर्भ समेत सगौरब बिक्छ
चरम उपभोक्तावादको दलदलमा भासिएको नेपाली समाज
यहाँअस्लिल गीत र चलचित्र बिक्छ
यहाँअस्लिल साहित्य र सिर्जन बिक्छ
यहाँ महिला शरिरको वस्तुकरण बिक्छ
यहाँ रिल भित्रका तमासाहरु बिक्छ
चरम उपभोक्तावादको दलदलमा भासिएको नेपाली समाज
यहाँ नयाँ नयाँ भर्सनका मोबाइल बिक्छ
हजाइ जहाज चढेर आएको ह्विस्की र बियर बिक्छ
यहाँ करोडौं पर्ने ब्राण्डेड कार बिक्छ
तर यहाँ न नेपाली उत्पादन बिक्छ न उद्यम बिक्छ
चरम उपभोक्तावादको दलदलमा भासिएको नेपाली समाज
यहाँ जीवनलाई ध्वस्त पार्ने लागू औषध बिक्छ
यहाँ सुर्तीजन्यवस्तु अथाहा बिक्छ
यहाँ आयतित तरकारी र फल फूल बिक्छ
तर यहाँ नेपाली उत्पादन बहिस्कार गरिन्छ
चरम उपभोक्तावादको दलदलमा भासिएको नेपाली समाज
यहाँ मल्टिनेशनल कम्पनीका उत्पादन बिक्छ
यहाँ विषाक्त र हाइब्रिड उत्पादन बिक्छ
यहाँ दलाल पुँजीवाद बिक्छ
तर समाजवादको दिशामाजान यहाँ घेराबन्दी गरिन्छ
चरम उपभोक्तावादको दलदलमा भासिएको नेपाली समाज
यहाँ अंगे्रजी साहित्य सहजै विक्छ
यहाँ पाश्चात्य संस्कार र संस्कृति बिक्छ
खाडीमा युवाको सस्तो श्रम र पसिना बिक्छ
तर यहाँ न युवाको श्रम र ज्ञान नै बिक्छ
चरम उपभोक्तावादको दलदलमा भासिएको नेपाली समाज
यहाँ वर्गिय मुक्तिका विचारहरु बिकाउनु छ
यहाँ मार्क्सवाद लेलिनबाद मार्क्सवादकाे सिद्धान्त फहराउनु छ
यहाँ दलाल माफिया र बिचौलियालाई निष्तेज पार्नु छ
त्यसैले अब यहाँ क्रान्तिको आवश्यकता खड्कंंदो छ ।