काठमाडौं : बिहिबार देशभर जम्मा ४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको ७४० वटा नमूना परिक्षणमा जम्मा ४ जना कोभिडका संक्रमित भेटिएका हुन् भने यही समयमा ४ जना संक्रमित पनि संक्रमणमुक्त भएका छन्।
दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन्। हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।





