आशा तिम्सिना
पीर माथि बज्रिएर राज खोल्यो जिन्दगीले
उठ्न खोज्दा पर्खिएर राज खोल्यो जिन्दगीले
संयोगले पर्दा खुल्यो, आफैलाई हेर्छु सोचेँ
आफै सँग तर्सिएर राज खोल्यो जिन्दगीले
माली भन्ने उपमाको नापो लिन तम्सिए’थेँ
बाग छोपी अल्झिएर राज खोल्यो जिन्दगीले
हुत्तिएर बाटो लागे लुकाएका इज्जतहरु
घर भित्ता चर्किएर राज खोल्यो जिन्दगीले…।





