काठमाडौँ । राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ मा प्रथम हुने आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेकाे छ ।
नेपाल बाल संगठनले आयोजना गरेको देशब्यापी ‘राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१’ मा आस्था विद्या मन्दिर (AVM Secondary School) का छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हाे ।
लोक नृत्य प्रतियोगिता २०८१ मा सहभागी आस्था विद्या मन्दिरका कक्षा सात र आठका छात्राहरू मिनाक्षी, आयुष्मा, एलिना, अक्क्षा, यनी, रोइस्का, आयुषा, र रश्मीले, सर्वोत्कृष्ट नृत्यू प्रस्तुत गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री ओलीले बालबालिकाको प्रतिभा उजागर गर्न र संस्कृति जगेर्ना गर्न यस्ता प्रतियोगिताहरू अत्यावश्यक रहेको बताउँदै विद्यालयहरूले यस्ता अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।
विजयी टोली आस्था विद्या मन्दिरका छात्राहरूलाई हार्दिक बधाई दिँदै, बालबालिकाको सृजनात्मक विकासका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता प्रधानमन्त्री ओलीले औंल्याइएका थिए ।





