कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ।
प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीले विश्वासमा मत लिने प्रयोजनका लागि १४ गते प्रदेश सभा अधिवेशन आह्वान गरेका हुन्।
कर्णाली प्रदेश सभा सचिवालयले पनि मंसिर १४ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ।





