३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामदको घटना न्यून भइरहेका बेला आज २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।
विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जनाएअनुसार ‘तरल बनाएर सुन ल्याएको जनाएका छन् । परीक्षणको लागि पठाउन लागेको जनाइएको छ ।





