काठमाडौँ: ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ। बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै Apply गरी १दिनभित्र Virtual Dollar Card प्राप्त गर्न सक्नेछन्।
बैंकले यहि मिति २०७८ साल मंसिर १९ गतेदेखि डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनकोलागि अमेरिकी डलरमा आधारित प्रिपेड डलरकार्ड सेवा सुचारु गरेको छ।
प्रिपेड डलर कार्ड सेवा सुरु भएसंगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेरपनि अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन्। VISA NETWORK मा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन्। डलरकार्ड प्राप्त गर्नकालागि KYC विवरण Update गरिएको बैंक खातासँगै प्यानकार्ड हुनुपर्नेछ। बैंकले कार्ड जारी गर्दा कार्ड शुल्कवापत निश्चित रकम लिनेछ र पहिलो पटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्थासमेत गरेकोछ।
यो सुविधा बैंकका देशभरिका १०५ वटै शाखाकार्यालयहरुबाट रआफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट मार्फत अनलाइनबाटैपनि आवेदन दिई प्राप्त गर्न सकिनेछ।
साथै बैंकले डिजिटल बैङ्किङ सेवालाई प्रर्वद्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैङ्किङ एप सुचारु गरेको थियो।
ज्योति विकास बैंकले हाल १० ५शाखाकार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।





