“विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गर्नु भएको छ ।””
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।””
“ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उहाँको भनाइ छ ।””
“गेब्रेयससले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र ज्यान पनि गएकाले सचेत हुनु पर्नेमा जोड दिनु भएको छ । यस्तै, उहाँले तत्काल कोभिड महामारी अन्त्य नहुने पनि बताउनु भएको छ । “





