प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। जबराले जिल्ला न्यायाधीशको परीक्षाको नजिता प्रकाशनका लागि आयोगको बैठक बोलाएका हुन्।
आयोगका एक सदस्यका अनुसार जबराले प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशहरूको नतिजा प्रकाशन गरी अन्तर्वार्ता समिति गठन गर्न आज साँढे १ बैठक बोलाएका हुन्।
नेपाल बार एसोसियसनले आन्दोलन सुरु गरेपछि भूमिकाविहीन अवस्थामा रहेका प्रधानन्यायाधीश जबराले ७ पुषमा बैठक आह्वान गरेका थिए। तर, आयोगका सदस्य रहेका लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी उपत्यका बाहिर रहेका कारण आयोगको बैठक स्थगित भएको थियो। यसपटक पनि कानून मन्त्री दिलेन्द्र बडू कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेकाले बैठक बस्नेमा अन्यौलता रहेको बताए।
प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा सदस्यमा संघीय कानून तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता रहने व्यवस्था रहेको छ।





