पाल्पामा एक महिला मृत फेला परेकी छन्। रामपुर नगरपालिका-१० बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।
स्थानीय जलविरे सामुदायिक जंगलको भीरमा करिब ३०० मिटर तल मृत फेला परेकी हुन्। यही माघ ३ गते घरबाट हिँडेकी ती महिला सम्पर्कविहीन थिइन्।
खोजी गर्ने क्रममा बिहीबार अपराह्न ४ बजे मृत फेला परेको पचभैयाले बताए।





