सोमबारका भोलि १७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक आइतबार विज्ञप्ति जारी गर्दै पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन्।
यस्तै, संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको छ ।






