नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर ७९ हजार २ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्।





