काठमाडैा / नेपालभाषालगायत विभिन्न जातीय सराेकारका विषयमा नेवा: दे दवूले भर्चुअल माध्यम मार्फत कार्यक्रमहरु गर्दै आएकाे छ ।
दवूले आज जेठ १६ गते आईतवार २ बजे अध्यादेश बजेटसम्बन्धी एक अन्तरकृया कार्यक्रमकाे आयाेजना गर्दैछ । उक्त “अध्यादेश बजेट नेवातेयगु दृष्टिकोण कार्यक्रममा राष्ट्रिय याेजना आयाेगका पूर्व सदस्य डा.पुष्पराज राजकर्णिकारद्वारा प्रस्तुति हुनेछ ।
दवूले ईच्छुक सराेकारवाला सबैलाई सहभागी हुन अनुराेध गरेकाेछ । जेष्ठ संचारकर्मी प्रवीण जाेशीद्वारा topten khabar लाई प्रेषित समाचारमा उक्त कुरा जनाईएकाे छ।





