रुद्र उप्रेती
लौ न पहिले आफैं संग पनि भेटघाट गर्नुपर्छ
चिनेर पनि पहिचान हुन बॅाकि चिनाजानी गरौं
मन भित्र भित्र पुगेर मन छामेर परिचय गर्नुछ
त्यसैले पहिले सिंगै आफुलाइ राम्ररी चिनौं
कुनै आग्रह नराखि, विग्रह नसोचि ‘म’ खोजौं
इच्छा, कामना र दया नराखि विवेकले चिनौं
ऐना अघाडि उभिंदा मात्र के चिन्न सकिएलार
मौन रहेर, आफैं संग घोत्लिएर आफैंलाइ चिनौं
सभामा बोलेका कुरा फगत देखाउने आदर्श थिए
तिनलाइ व्यवहारीक कसिमा घोटेर आफुलाइ चिनौं
आफ्नो स्वार्थ्यले अरुको चित्त दुखेको भए मम गरौं
बॅाझो ‘म’ मा शितल वर्षाले सिंचन गरेर उर्बर बनाऔं
आफ्ना विगत,बर्तमान पढेर भविष्य ॲाकलन गरौं
आफुले आफैंलाइ गरीएको न्याय र अन्याय चिनौं
बिना श्रोता बक्ता बन्दै अरुको समय कति खोसियो
आफ्ना कारण अरुले व्यहोरेको हानी पहिले चिनौं
कस्ट सह्यौं कि तातो तेलमा पानी परेझैं तर्कियौं कतै
अरुको पिडामा कति हॅासियो कि आज विवेक चिनौं
आफुलाइ चिने पछि मात्र अरुलाइ चिन्न प्रयास गरौं
रगत चुसेर मोटाएको अररो खरी जुका जस्तो मन चिनौं ॥
जुन १० सोमवार २०२४, संयुक्त राज्य अमेरीक





