जुम्लामा हिउँले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षीय मुन रावत र वडा नम्बर ८ की ३७ वर्षकी देवी शाहीको कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार रावतको गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको जनाएको छ ।
सोही गाउँपालिका वडा नम्बर ८ का १८ देखि ५५ जना मानिस हिउँमा फसिरहेको गाउँपालिकाले अनुमान गरेको छ । जडीबुटी (खिरौलो) कोर्न गएका गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन गर्न सकिएको छैन ।
प्रहरी अनुसार हराएको मानिस ओडारमा बसेको खबर प्राप्त भएको र उनीहरूका लागि खाद्यान्न बोकेर हेलिकोप्टर जाने तयारी भइरहेको बुझिएको छ ।





