झापामा जंगली हात्तीको आक्रमण बाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ स्थित चारआली निवासी ७१ वर्षीय खम्बासिंह कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
सोमबार बिहान ३ बजे कार्कीको घरमै अन्न खान आएका हात्ती धपाउने क्रममा उनलाई हात्तीले कुल्चिँदा गम्भीर घाइते भएका थिए घाइते उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो। कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ
उनको बिहान ९ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले बताए।





