तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली चोकमा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आगो नियन्त्रणका लागी काठमाडौंबाट हेलिकप्टर पठाईएको छ । जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयका एकजना अधिकृतले बताए ।
आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन। के कारणले आगो लाग्यो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।





