काठमाडौं : महिला हिंसा बिरुद्धमा जनचेतना जगाउने उद्देश्यले बागमती स्तरीय तेक्वान्दो खेल सम्पन्न भएको छ ।
माननीय संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतमा उक्त खेल भएको थियो । कार्यक्रमका विजयी खेलाडीलाई मन्त्री श्रेष्ठ र प्रदेश अध्यक्ष केशव पुरीले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा माननीय राजेन्द्र गुरुङ राजेन, पेट्रोल डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, इञ्जिनियरिङ्ग एसोसिएसनका रिसी कोइराला, बेलयातबाट तेक्वान्दो मास्टर खेलकूद प्रेमी बिमला नयोङ्ग तुम्बाहाङ्गफे र स्थानीय अविभावक र समाजसेवीहरुको उपस्थिति भएको थियो ।

कार्यक्रमको आयोजना Emile taekwondo Dojang ले गरेको हो । कार्यक्रमको भव्य सफलताका लागि सहभागी सवैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।





