काठमाडौं २०८० पौष १।
नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ।
निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले दिएको राजीनामा स्वीकृत गर्दै साहलाई निमित्तको जिम्मेवारी तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको हो। चाटर्ड एकाउन्टेन्ट साह १५ वर्षदेखि निगमको अर्थ विभागमा कार्यरत हुनुहुन्छ । उहाँले अर्थ विभाग सम्हालेयता निगमको नियमित रूपमा वार्षिक लेखापरीक्षण हुँदै आएको छ। निगममा उहाँ कार्यकारी निर्देशक पछिको वरिष्ठ तहमा कार्यरत हुनुुहुन्थ्यो ।
निगमका कार्यकारी निर्देशकमा १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिनु भएको थियो ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले निगमका कार्यकारीबाट उमेश थानीले दिएको राजीनामा स्वीकृत भएको बताउनु भयो





