नन्दलाल खरेल
म क्रान्तिकारी कम्युनिष्ट नेता
आफ्नो अभिष्ठ पूरा गर्न
क्रान्तिको कुरा गर्छ
सत्ता र शक्तिमा पुग्न
जे सुकै जोखिम मोल्छु ।।१।।
म क्रान्तिकारी कम्युनिष्ट नेता
विधि, पद्धति र नीतिको
हरपल हरक्षण माला जप्छु
गरिव, मजदुर र किसानको पक्षमा
भित्र जे भएपनि वाहिर वुलन्द कुर्लन्छु ।।२।।
म क्रान्तिकारी कम्युनिष्ट नेता
जनतालाइर्् न्याय, समानता
उन्नती र प्रगतिको कुरा गर्छु
दलाल प्ूँजीवादको विरोध गर्दैै
सत्ताको लागि दलालहरुको पाउ मोल्छु ।।३।।
म क्रान्तिकारी कम्युनिष्ट नेता
ब्यवस्था परिवर्तनको पक्षमा लड्दै
कार्यकर्तालाई भ्रम छर्दै अभिमत बटुल्छु
स्वाधीनता र राष्ट्रियताको एजेण्डा सार्दै
कार्यकर्ताको लेवीबाट अलिसान जिबन बिताउँछु ।।४।।
म क्रान्तिकारी कम्युनिष्ट नेता
स्थानिय चुनाबमा केही थान
उमेद्धवारलाई उपयोग गर्छु
उनीहरुको टाउको देखाई
प्रतिक्रियावादी शक्तिसँग मोलमोलाई गर्छु ।।५।।
म क्रान्तिकारी कम्युनिष्ट नेता
हरेक कार्यक्रमको ब्यानरमा
ठ्रूलो रंगिन फोटो टाँस्न लगाउँछु
वास्तविक अनुहार छोपी
शक्तिमा रहन दोहोरो चरित्र निभाउँछु ।।६।।





