मंगलबार बिहान आउने भनेको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आज नआउने भएकाे छ। कोरोना भाइरसविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप बिहान सवा नौ बजे काठमाडौँ आईपुग्ने तालिका रहेको भए पनि खोप नआएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए। हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो ।
सरकारले कोभ्याक्स सुविधामार्फत विश्व बैंकको सहयोगमा खरिद सरकारले खरीद गरेको कोभिड विरुद्धको मोडर्नाको ४० लाख डोज मध्ये १६ लाख ६० हजार डोज कतार एयरको नियमित उडानबाट हिजो बेलुका साढे ७ बजे काठमाडौं आइपुगिसकेको छ। ७ बजे ४० लाखमध्ये पहिलो खाेप काठमाडौँ आइपुगेको हो । आज आउने भनेको खोप नआएपछि आपूर्ति शाखाले हिजो आएको खोपलाई टेकुस्थित भण्डार कक्षमा ल्याएर राखेको छ। यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो र दोस्रो डोज दिने गरी सरकारले तयारी गरिरहेको छ।





