बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।
मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका-३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका-७ की २३ वर्षीया शैलकुमारी राम छन्।
आदर्श कोटवाल गाउँपालिका-३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा गाडी अनियन्त्रित भएर पल्टेको थापाले बताए। दुर्घटनाका घाइते १४ जनाको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको थापाले बताए। बढी मानिस चढेका कारण अनियन्त्रित भएर पल्टेको बुझिएको छ ।





