मञ्जुश्री साहित्य समाज,नागार्जुन -१ ले मिति २०८१/०७/०३ का दिन डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा छैटौं साधारणसभा सुसम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि प्रा.सीताराम अधिकारी र विशिष्ट अतिथि श्रीहरि फुयाँल हुनुहुन्थ्यो । निर्वाचन संयोजक शालिग्राम शर्मा पौडेल र कार्यक्रम सञ्चालक रामरञ्जन पौडेल र प्रभा बराल हुनुहुन्थ्यो ।
अन्य आवश्यक निर्णयहरूका साथै अघिल्लो कार्यसमितिको पदावधि पूर्ण भएकाले नयाँ कार्यसमिति निर्माण गरिएको छ जसमा-
अध्यक्ष डा. बमबहादुर थापा जिताली
उपाध्यक्ष- ध्रुवराज पौडेल, सचिव- वीरबहादुर लोहनी, कोषाध्यक्ष -नीरप्रसाद तिमल्सेना र
सदस्यहरूमा- टेकबहादुर लौडारी, इन्दिरा शाह,
प्रभा बराल,गीता रेग्मी,रामरञ्जन पौडेल, हरिप्रसाद घिमिरे अनि शान्ता देवकोटासमेत गरी जम्मा
११ जनाको निर्विरोध कार्यसमिति चयन भएको छ ।
यसै साधारण सभाले
२०८०/ ८१ को आय व्यय विवरण र प्रगति प्रतिवेदन समेत प्रस्तुत गरी सर्वसम्मतिले पारित पनि गरेको छ ।
अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा भएको मञ्जुश्री साहित्य समाजको प्रगति गतिविधिको सारसंक्षेप-
२०७२ चैत २७ गते स्थापना भएकाे र २०७५
चैत्र २७ गते दर्ता गराएको यस मञ्जुश्री साहित्यिक समाजले २०७४ सालदेखि अहिलेसम्म ३३ जना अग्रज साहित्यकार तथा समाज सेवीलाई सम्मान तथा पुरस्कार समर्पण गरिसकेको छ भनें आठ जना नवोदित प्रतिभालाई पुरस्कार प्रदान गरिसकेको छ ।
यस संस्थाको आयोजनामा २०७७ भदौ ५ गते
शुक्रबारदेखि हालसम्म जुम प्रविधि तथा गुगल
प्रविधिका माध्यमबाट कविगोष्ठी गर्दै ल्याएको छ । पहिले हरेक शुक्रबार हुने गरेको रचनावाचन कार्यक्रम अब हरेक महिनाको पहिलो शुक्रबार संचालन गर्न थालिएको छ जसमा ७५ औं शृङ्खला सम्पन्न गरिसकिएको छ।
मञ्जुश्री साहित्यिक समाज प्रकाशक भएर दुई दर्जन जति कृतिहरू प्रकाशित छन् भने यस संस्थाको आयोजनामा साहित्यिक पुस्तकहरू विमोचन भएका पनि छन् । यस संस्थाको आयोजना र नागार्जुन नगरपालिकाको प्रायोजनमा राष्ट्रिय कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
यस संस्थाले श्रीरामसिंह बस्नेत, गङ्गा लिगको दातव्यबाट विपी- भूपि साहित्यिक पुरस्कार तथा सम्मानको कोष खडा गरेको छ भने लक्षण थापा र वीणा पौड्यालको दातव्यबाट “मञ्जुश्री साहित्यिक स्रष्टासम्मान तथा पुरस्कार”कोषको स्थापना भएको छ।
यही कोषको ब्याजबाट प्राप्त हुने रु. १५,१२५/-
थैलीबाट नगद पुरस्कार तथा सम्मान समर्पण
गर्न थालिएको हो ।
हालसम्म पुरस्कार प्राप्त गर्नेहरूमा –
कवि प्रह्लाद पोख्रेल- खोटाङ, उपन्यासकार श्रेष्ठ प्रिया पत्थर- कैलाली, महाकाव्यकार भुवनहरि सिग्देल- काठमाडौं ,गीतकार कृष्णहरि बराल-कीर्तिपुर, अम्बिका अर्याल -गोर्खा र रञ्जु दाहाल -ओखलढुङ्गा रहनुभएको छ ।
यसरी नै मञ्जुश्री साहित्यिक स्रष्टासम्मान तथा पुरस्कार प्राप्त गर्नेहरूमा महाकाव्यकार- मनिराज जोशी, कैलाली लगायत तेत्तीस जना स्रष्टालाई पुरस्कार समर्पण गरिएको छ ।
अन्य विभिन्न साहित्यिक संस्थाहरूमा सलग्नता रहेको
हुनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यस संस्थाको नाम जोडिएको छ र साहित्यिक संस्था समन्वय समितिको सदस्य पनि रहेको कुरा अध्यक्षले आफ्नो मन्तव्यको क्रममा प्रष्ट पार्नुभएको थियो ।






