ललितपुरमा ४ जना मृत अवस्थामा भेटिएका छन् । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत भेटिएका हुन् ।
दुई जना घाइते रुपमा फेला परेको वडा अध्यक्ष तिर्थ लामाले जानकारी दिए। स्थानीय काइली सिङतानको घरमा उक्त घटना भएको लामाको भनाइ छ। मृतक ४ जनाको शव पोष्टमार्टका लागि पठाउने तयारी भएको छ।
सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।





