साहिनो न्यूज,विश्वराज अर्याल, भदौ १४ सुक्रवार ,भरतपुर महानगरपालिका वडा नं ६ मा अवस्थित श्री अमर ज्योति ईङलिस स्कुल ले २ दिने गुणस्तरीय शिक्षा अभिवृद्धि कार्यसाला संचालन गरि समापन गरेको छ ।विद्यार्थीहरु किन सिक्न सकेका छैनन् ? गहन सिकाइ कसरी गर्न सकिन्छ ? विद्यार्थीहरुले सिक्न नसक्नु भनेको विद्यार्थीहरुमा भएका कमजोरी पक्षले हो वा विषय वस्तुको प्रस्तुतिको कारणले हो ? गृहकार्यमा कति विद्यार्थी सकृय रहन्छन् ?समय समयमा कार्य योजना दिने गर्नुहुन्छ वा हुदैन ? कक्षा कोठाको ब्यवस्थापन मा कतिको ध्यान पुगेको छ ?भन्ने जस्ता गहन विषयलाइ उजागत गर्दै विद्यार्थीहरुको प्रशिक्षण छुट्टै, अभिभावकहरुको छुट्टै, प्राथामिक तहका शिक्षकहरुको छुट्टै र मा.वि तहका शिक्षकहरुलाइ पनि फरक फरक तरिकाले प्रशिक्षण दिइयो ।शिक्षा क्षेत्रमा लामो अनुभव लिनुभएका तथा २०५२ साल लेखि माध्यामिक तहको शिक्षक तालिम प्रशिक्षक भइ काम गर्नु भएका ,सस्कृत विश्वविद्यालय वाट प्रध्यापन गरि निवृत्त हुनुभएका ,विश्व विद्यालयको पाठ्यक्रम अनुसारको करिव डेड दर्जन जति पुस्तकका लेखक श्री इन्द्र विलाश घिमिरेको गहन प्रस्तुति रहेको थियो । अभिभावकलाइ लत्क्षित गरि विद्यालय मात्रै पठाएर विद्यार्थीमा के कस्ता सिकाई भइरहेको छ भन्ने तपाइहरुको चासोको विषय रहन्छ । विद्यालयको शैक्षिक रुपान्तरणको लागि शिक्षक विद्यार्थीहरुको त्रिकोणात्मक संवन्धको कारणले मात्र शिक्षण सिकाइमा तुलानात्मकरुपमा परिवर्तन गर्न सकिन्छ भन्ने भनाइ शिक्षा विद इन्द्र विलाश घिमिरेको रहेको छ ।प्रशिक्षण उद्धघाटन सत्रमा अमर ज्योति इङलिस स्कुलका म्यानेजिङ डाइरेक्टर कृष्ण वहादुर भण्डारीले विद्यार्थीहरुको सिकाइ प्रकृयालाइ आगामि दिनहरुमा प्रभावकारी रहोस् भन्ने मन्तब्य राख्नु भयो ।आइ सि टि डिजिटल साक्षरता अभियान तथा स्मार्टस्कुल सफ्टवयर संचालक विश्वराज अर्यालले पनि मन्तब्य राख्नु भएको थियो । विद्यार्थीहरुलाई लत्क्षित गरि अव को सम्भावना तिमिहरुको हो जसको उमेर कम छ उनिहरुमा नै राष्ट्ट निमार्ण गर्ने सम्भावना रहन्छ । प्रकृति सस्कृति र प्रविधिको भरपुर प्रयोग गरि यहि धर्तिमा सम्भावना छ भन्ने सन्देश मूलक शिक्षाको आजको आवश्यकता हो भन्ने भनाइ प्रस्तुत गर्नुभयो ।२ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रमवाट अभिभावक, विद्यार्थी र शिक्षकहरुले भरपुर प्रयोगमा ल्याउने विश्वार विद्यालयका प्राचार्य चिरिन्जीवी पौडेलले साहिनो न्यूजलाइ वनाउनु भएको थियो ।सो कार्यक्रम विद्यालयको सभाहलमा प्रेजेक्टरको साहेताले स्लाइड प्रेजेन्टेसन भएको थियो ।






