बिहीबार संखुवासभामा बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदीले भने, १३ जनाको शव भेटिएको छ। दुर्घटनास्थलबाट बाटोमा शव निकालेर अस्पताल लैजाने तयारी हुँदैछ।
पाँचजना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनास्थलमा अरु कोही घाइते वा मृत हुन सक्ने आशंकामा खोजी जारी छ उनले भने।
सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।





