काठमाडौं, फागुन १९ गते । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका सबै शीर्ष नेताहरु बैठकमा सहभागी छन् ।
प्रतिनिधिसभा संसदको बैठकबाट अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अनुमोदन भएपश्चात् सत्ता गठबन्धनको बैठक पहिलो पटक बसेको हो ।बैठकमा सरकार सञ्चालन सम्बन्धित विषयमा छलफल केन्द्रीत रहने जनाइएको छ । बैठक करिब आधा घण्टादेखि जारी छ ।





