नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ।
गुल्मी घर भई बुटवल महानगरपालिका-१३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरेर त्यसमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप छ।
ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको बताएको छ।





