मोरङ – मोरङको धनपालथान गाउँपालिकामा भएको २ जनाको हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार रंगेली नगरपालिकाका मोहम्मद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिकाका मोहम्मद हकिमलाई पक्राउ गरेको हो।
धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा धरानका ४९ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिकाका ३२ वर्षीय शम्भु चौधरीको हत्या प्रकरणमा दुवैलाई पक्राउ गरिएको उनले बताए।
प्रहरीका अनुसार पक्राउ परेका रंगेली ३ आमतोलाका ३३ वर्षीय सभाम र देवानगञ्ज ६ जिरोगौवाका १८ वर्षीय हकिमलाई पक्राउ गरी प्रहरीले आवश्यक कारबाहीका लागि प्रक्रियामा अघि बढाएको छ।





