संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले आज नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै प्रदर्शन गरेको थियो ।
फेकोफनका सचिव ठाकुर भण्डारीले आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको बताएका छन् ।





