काठमाडौं, फागुन २० गते। कोरोना रोकथामका लागि काठमाडौंमा लागू भएका प्रतिबन्ध पूर्ण रुपमा हटाइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी गराएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश जारी गर्दै यसअघि लागू भएका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था पूर्ण रुपमा हटाइएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले फागुन २१ गतेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको हो।






