चालु आर्थिक वर्षको वैशाख महिनामा घरजग्गाको कारोबार १९.२७ % ले बढेको छ ।
भुमि व्यवस्था तथा अभिलेख विभागका अनुसार ४९ हजार ७८२ वटा लिखत पारित, ४ हजार ५९ वटा नामसारी, ३२ हजार ४ सय वटा रोक्का र २७ हजार ८ सय वटा रोक्का रहेका घरजग्गा फुकुवा भएको छ ।
गत वर्षको वैशाख महिनामा घरजग्गा सम्बन्धी १ लाख १८ हजार ८७१ वटा कारोबार भएको थियो । यस वर्षको वैशाखमा यस्तो कारोबार बढेर १ लाख ४१ हजार ७८२ वटा पुगेको छ ।
यससंगै घरजग्गाको कारोबारबाट प्राप्त हुने राजस्व समेत वृद्धि भएको छ । वैशाख महिनामा घरजग्गा कारोबारबाट संकलन हुने राजस्वमा २४.४४ प्रतिशतले बढेको छ ।
गत वर्षको वैशाखमा घरजग्गाको कारोबारबाट ३ अर्ब १० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तो राजस्व बढेर चालु आवको वैशाखमा ३ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ ।





